सानिमा माइ हाइड्रोपावर (SHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले ३ करोड ४२ लाख ९३४ हजार रुपैयाँ नाफा बढोत्तरी गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
सानिमा माइले विद्युत बिक्रीबाट ५४ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ५२ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेकोमा ३.५७ प्रतिशतले बढाएको छ ।
चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २२.९४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२१.२१ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात १४.१२ गुणा बढी छ । पुस मसान्तसम्ममा कम्पनीको शेयरधनी कोषमा ५९ करोड ९ लाख रुपैयाँ र जगेडा कोषमा ४५ लाख ५४ हजार रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको जगेडा कोषको आकार २७.७३ प्रतिशत र फाइनान्सियल एक्सपे्रन्सेस १८ प्रतिशतले घटेको छ । कुल आय ४.१५ प्रतिशतले बढाएको कम्पनीको खुद नाफा ११.९१ प्रतिशतले बढेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया