सयपत्री हाइड्रोले आइपीओ अनुमति लिन बोर्डमा दियो आवेदन

0
Shares

सयपत्री हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ निष्कासनको अनुमति माग गरेको हो।

कम्पनीको गत कार्तिक २१ गते सम्पन्न चौथों वार्षिक साधारसभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत र दोस्रो बार्षिक साधारण सभाबाट गराएर २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । हाल कम्पनीको जारी पूँजी ३० करोड रूपैयाँ छ।

कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ । आयोजनाको बिजुली उत्पादन गर्ने क्षमता वार्षिक १३.४८ गिगावाट रहेको कम्पनीको दाबी छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।