अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले हकप्रद जारी गर्नका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
हाइड्रोपावरको फागुन २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनका लागि चैत ९ गते बुकक्लोज गर्ने जनाएको हो । यसअनुसार चैत ८ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र हकप्रद पाउनेछन् ।
कम्पनीको २३ औं वार्षिक साधारण सभाले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेकोमा विद्युत नियमन आयोगले पहिलो चरणमा ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएपछि धितोपत्र बोर्डले पनि सोही अनुसार फागगुन २५ गते मंगलबार स्वीकृति दिएको थियो ।
बोर्डले १ बराबर ०.५ कित्ताको अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको चयन गरिएको छ ।
विद्युत नियम आयोगबाट कम्पनीले पुनः दोस्रो चरणमा ५० प्रतिशत हकप्रद जारी गर्नेछ ।
यस्तै अरुण भ्याली हाइड्रोपावरका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले दिएको राजीनामा कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुधबारबाटै लागू हुने गरी स्वीकृत गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया