दोर्दी खोला जलविद्युत कम्पनीले क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट रेटिङ सम्पन्न गरेको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको हो । यो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र भएको इक्रा नेपालले जनाएको छ । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्राको भनाई छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया