आईपीएलको ब्राण्ड भ्यालु १७ सय करोडले घट्यो

0
Shares

कोरोना महामारीका कारण इण्डियन प्रिमियर लीग(आईपीएल) को ब्राण्ड भ्यालु एक हजार ७ सय करोड अर्थात ३.६ प्रतिशतले घटेको छ । सन २०१९ मा ४७ हजार ५ सय करोड ब्राण्ड भ्यालु रहेको आईएपीएलको सन २०२० मा ४५ हजार ८ सय करोड भारुमा झरेको हो ।

सन २०१९ मा ७ प्रतिशतले बढेको आईपीएलको ब्राण्ड भ्यालु गत वर्ष भने ३.६ प्रतिशतले घटेको एक ब्राण्ड भ्यालुएसन रिर्पोटले जनाएको छ । आईपीएलका फ्रेन्चाइजीमा मुम्बई इण्डियन्सको ब्राण्ड भ्यालु ७६१ करोड भारतीय रुपैयाँ रहेको छ ।

यो भ्यालु सान २०१९ को तुलनामा ५.९ प्रतिशतले घटेको हो । डफ एण्ड फेल्प्सले बुधबार सार्वजनिक गरेको सातौ संस्करण आईपीएल भ्यालुयसन रिपोर्टका अनुसार चेन्नई सुपर किङग्स र कोलकत्ता नाइत राइडर्सको ब्रण्ड भ्यालु पनि २०१९ को तुलनामा सन २०२० मा क्रमस १६.५ र १३.७ प्रतिशतले घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।