सिंगटी हाइड्रोको आईपीओ खुल्यो, कति गर्ने आवेदन ?

0
Shares

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रबार ( चैत ६ गतेबाट ) देखि प्राथमिक शेयर जारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरिएको हो । जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेपनि उच्च आवेदनका कारण १० कित्ता शेयर नै गोलाप्रथाबाट प्राप्त गर्ने अवस्थाले १० कित्ताका लागि १ हजारको आवेदन नै यस आईपीओमा प्रयाप्त हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि हाइड्रोले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अतिप्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । उक्त शेयरको बाँडफाँड समेत भइसकेको छ ।

सर्वसाधारणको आईपीओ बाँडफाँडपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०ः३० हुनेछ ।

  • मध्यम रुपमा सुरक्षित रेटिङ्ग

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस (आइए)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ ।

आयोजनामा लाग्ने कुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।