माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ चैत्र १२ गते बिहीबार सम्पन्न भयो ।
सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरे ।
कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया