कोभिड–१९ प्रभावित अर्थतन्त्रलालाई उकास्ने योजना ल्याउन आग्रह

0
Shares

अमेरिकी ट्रेजरीमन्त्री जेनेट येलेनले बिहीबार विश्वका ठूला अर्थतन्त्रलाई कोभिड–१९ महामारीको कारण भएको आर्थिक सङ्कटबाट भएको आर्थिक क्षतिलाई ठोस सुधार गर्नेगरी नयाँ तथा ‘महत्वपूर्ण’ खर्च व्यवस्थापन योजना ल्याउन आग्रह गरेका छन् ।

उनले कोरोना महामारीका कारण कोभिड–१९ विरूद्धको खोप आउनु पहिलेको तुलनामा अहिले विश्वको आर्थिक अवस्था सुधारतर्फ रहेको बताए । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमार्फत् जारी विज्ञप्तिमा भने, “सम्बन्धित मुलुकका सरकारले साना तथा मध्यम उद्योग तथा व्यवसायलाई लक्षित गरी ल्याएका कार्यक्रमका कारण विश्वको आर्थिक अवस्था सुधार उन्मुख रहेको छ । यद्यपि यति काम नै अर्थतन्त्र सुधारका लागि पर्याप्त भने हुने छैन ।”

येलेनले विश्वका ठूला अर्थतन्त्रसहित अन्तराष्ट्रिय आर्थिक संघसंस्थाहरूलाई भने, “ताजा सुधारको वातावरणलाई पुनःप्राप्ति सुरक्षित गर्नका लागि पर्याप्त मात्रामा आर्थिक सहयोग प्रदान गर्न आग्रह गरे ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।