एक्सेल डेभलपमेण्ट बैंकद्धारा लाभांश प्रस्ताव, हकप्रदमा लगानीकर्ता झुक्याउँदै शेयर मूल्य प्रभावित

Parmeshwor Adhikari
0
Shares

एक्सेल डेभलमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२.६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

बैंकले यस अघिका २ आर्थिक वर्षमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावहरु पारित गराए पनि संशोधन मात्र गर्दै आई रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको साधारण सभाबाट ५५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गराएको थियो भने गत आर्थिक वर्षको साधारण सभामा त्यसलाई संशोधन गरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गराएको थियो ।

प्रस्तावित हकप्रदहरु निष्काशनको प्रकृयामा नै नलगी बैंकले दोस्रो बजारमा चरणबद्ध रुपमा शेयर मूल्यमा प्रभाव पार्ने काम गर्दै आएको छ । यस पटक बैंकले अघिल्लो साधारण सभाबाट अनुमोदित हकप्रदलाई संशोधन गर्छ वा खारेज गर्छ त्यो भने साधारण सभाको सूचना सार्वजनिक भए पछि मात्र थाहा हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।