घलेम्दी हाइड्रोले वैशाख २३ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीको चैत २९ गते बसेको सञचालक समितिको बैठकले होटल मुनलाईट, पक्नाजोल, काठमाडौंमा बिहान ११ बजेका लागि साधारण सभा आह्वान गरेको हो।
सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव राखिने कम्पनीले जनाएको छ ।
साधारण सभा प्रयोजनका लागि वैशाख १६ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार वैशाख १५ गतेसम्मका कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया