अरुण भ्याली हाइड्रोको ५० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

0
Shares

अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गते सोमबारदेखि ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको हकप्रद शेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले ५० प्रतिशत (एक बराबर नयाँ ०.५ कित्ता अनुपातमा) हकप्रद शेयर विद्यमान शेयरधनीका लागि बिक्री गर्न लागेको हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गरेको छ ।

हकप्रद निष्काशनका लागि कम्पनीले चैत ९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरिसककेको छ । जस अनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात चैत ८ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका कम्पनीका शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रदमा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ।

हकप्रद शेयर बैशाख २६ गतेसम्म निष्काशन तथा बिक्री खुला हुनेछ । यस अवधिमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी गर्ने हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता चुक्ता पूँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।