बुटवल पावर कम्पनीले १३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी हाइड्रोपावर निमार्णका लागि विदेशी लगानीकर्ता भित्र्याएको छ । कम्पनीले बिहीबार आयोजनाको निमार्ण तथा सञ्चालनका लागि विदेशी लगानीकर्तालाई भित्र्याइएको जानकारी दिएको हो ।
यसअघि मनाङ मर्स्याङ्दीमा हाइड्रोपावरमा बुटवल पावर कम्पनीको पूर्ण स्वामित्व रहेकोमा विदेशी लगानीकर्ता भित्र्याएसँगै आयोजनामा बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एस.सीआईजी इन्टरनेशनल कम्पनीको ४९.४७ प्रतिशत, छिङ्गचङ्ग इन्टरनेश्नल इन्भेष्टमेन्ट कम्पनीको १६.४९ प्रतिशत र क्यूवाइईसी इन्टरनेश्नल कम्पनीको ११.६४ प्रतिशत शेयर स्वामित्व रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठले जानकारी दिए ।
मनाङ मर्स्याङ्दीमा मनाङ जिल्लाको चाम्रे र नासोङ गाउँपालिकाको मस्र्याङदी नदीमा निमार्ण हुने आयोजना हो । कम्पनीको विद्युत खरिद बिक्री सम्झौता गत चैत्र ९ गते भइसकेको छ । भने वित्तिय व्यवस्थापनको कार्य प्रकृयामा रहेको र सो कार्य छिट्टै सम्पन्न गरि निमार्ण कार्य शुरु गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
त्यस्तै यस कम्पनीले सन् २०२५ को मार्च महिना भित्र निमार्ण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष लिएको जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया