अपि पावर कम्पनी (API) ले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
अपि पावरले दोस्रो चरणमा चुक्ता पूँजीको २९.३८ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैशाख १९ गते आइतबार अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा (१ बराबर ०.२९३८ को अनुपातमा) ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि अनुमति दिएको छ ।
हकप्रद शेयर जारी गर्न अनुमति माग गर्दै कम्पनीले गत फागुन ९ गते बोर्डमा पेश गरेको थियो ।
कम्पनीले यसअघि कार्तिक १४ गते शुक्रबारदेखि मंसिर ४ बिहीबारसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँको ४७.६० प्रतिशतले हुन आउने ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया