बरुण हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण कमजोरदेखिएको छ । कम्पनीको नाफा सहित अधिकांश सूचकहरु घटेको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै अधिकांश सूचक प्रभावित बनेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५२ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा १ करोड १७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएकोमा खुद नाफा ५४.९४ प्रतिशतले घटेको हो ।
यसअवधिमा कम्पनीको विद्युत् बिक्री आय ४ करोड ५८ लाख २२ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा ६ करोड ५५ लाख ८६ हजार रुपैयाँ नाफा कमाएकोमा ३०.१३ प्रतिशतले घटेको हो ।
प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकाले आम्दानी घटेको कम्पनीको भनाई छ ।
चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको कम्पनीके वार्षिक प्रतिशेयर आम्दानी वार्षिक ४.०२ रुपैयाँ छ भने जगेडा कोषमा ८० लाख ६६ हजार रुपैयाँ सञ्चि हुँदा प्रतिशेयर नेटवर्थ १०३.०१ रुपैयाँ छ । गत आवको यसै अवधिको तुलनामा जगेडा कोष पनि ३१ प्रतिशतले घटेको हो ।
चैत मसान्तसम्म संस्थाको मूल्य आम्दानी अनुपात ६१.७५ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया