सिईडिबिको आइपीओमा १७ लाख ३६ हजार आवेदन, ११.२५ गुणा माग

0
Shares

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको साधारण शेयरमा मंगलबार साँझसम्ममा १७ लाख ३६ हजार ७०१ वटा आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार मंगलबारसम्म २ अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६०० रुपैयाँ बराबरको २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयर माग आवेदन परेको हो ।

यो सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा ११.२५ गुणा बढी परिमाणको शेयर माग भएको हो ।

कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २३ लाख ४१ हजार ९५४ कित्ता शेयर खरीदका लागि आवेदन मागेको थियो ।

कम्पनीले बैशाख १७ गते शुक्रबारदेखि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गरेको हो ।

कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।