चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राधी विद्युत् कम्पनीले ६ करोड २६ लाख खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको लुलनामा भन्दा कम्पनीको खुद नाफा ९ प्रतिशतले बढी हो।
गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड ७४ लाख नाफा गरेको थियो । खुद नाफा बढेपनि कम्पनीको सञ्चालन नाफा भने ३ प्रतिशतले घटेको छ । गत वर्ष. ८ करोड ३२ लाख सञ्चालन नाफा गरेको कम्पनीको यो वर्षको संचालन नाफा ८ करोड ४ लाख छ ।
विद्युत विक्री आम्दानी ५.६४ प्रतिशत घट्दा सञ्चालन नाफा घटेको हो । गत वर्ष १२ करोड १६ लाख १ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ११ करोड ४७ लाख ३२ हजार ३२ हजार गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४७ करोड ३५ लाख ५६ हजार छ भने जगेडा कोष रकम २४ करोड ५५ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७.६३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५१.८५ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया