अपि पावरको हकप्रद मंगलबारसम्म कायम शेयरधनीले मात्र पाउने

0
Shares

अपि पावर कम्पनी लिमिटेड (API) ले निष्काशन गर्न लागेको २९.३८ प्रतिशत हकप्रद शेयर मंगलबारसम्म कायम रहने शेयरधनीले मात्र पाउने भएका छन् ।

कम्पनीले हकप्रद जारी गर्ने प्रयोजनका लागि बैशाख २९ गते बुधबार एक दिनका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको हो ।

यसअनुसार बुकक्लोजको अघिल्लो करोबार दिन बैशाख २८ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र उक्त हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।

धितोपत्रको दोस्रो बजारमा अपि पावरको शेयर प्रतिकित्ता ३५० रुपैयाँमा मंगलबार कारोबार भैरहेको छ ।

अपि पावरले दोस्रो चरणमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न बुधबार बुकक्लोज गर्न लागेको हो ।

हकप्रद जारी गर्न कम्पनीले धितोपत्र बोर्डबाट वैशाख १९ गते, आइतबार अनुमति पाएपछि बुकक्लोज मिति तोकेको थियो । हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि कम्पनीले पहिलो चरणमा २०७७ कार्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रतिशेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गरीसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।