सानिमा माइ हाइड्रोपावर (SHPC) को विद्युत बिक्रीबाट हुने आम्दानी घटेपनि खुद नाफा भने बढेको छ ।
गत आवको यसै अवधिको तुलनामा कम्पनीको विद्युत बिक्री आय ०.९७ प्रतिशतले घटेपनि नाफा भने ९.१० प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सानिमा माइले ३४ करोड २ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ३१ करोड १८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीबाट ६६ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६७ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको वित्तीय खर्च २२ प्रतिशतले घटेर १४ करोड ३७ लाख रुपैयाँमा झरेको छ । गत वर्ष १८ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ रहेको सानिमा माइको प्रतिशेयर आम्दानी, १६.१५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.१५ गुणा छ । कम्पनीको शेयरधनी कोषमा ६० करोड ९० लाख रुपैयाँ सञ्चित छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया