अरुण भ्याली हाइड्रोपावरको नाफा ७ करोड माथि, २१ प्रतिशतले बढ्यो नाफा

0
Shares

अरुण भ्याली हाइड्रोपावर (AHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ७ करोड १३ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ८६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २१.६७ प्रतिशतले नाफा बढाएको हो ।

चैत मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ४ करोड २५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा यस्तो आम्दानी २२.२९ प्रतिशतले घटेको हो ।

विद्युत बिक्री आम्दानी घटेपनि अन्य स्रोत मार्फत हुने आम्दानी भने ४ करोड ९२ लाख रुपैयाँबाट बढेर ६ करोड ८२ लाख पुगेको छ । यसले कम्पनीको नाफा बढे्को छ ।

चुक्ता पूँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९.०७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १०९.३२ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ९ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । गत आवको यसै अवधिमा जगेडा कोषमा १३ करोड ५६ लाख थियो । कम्पनीको मूल्य आम्दानी अनुपात २८.८८ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।