सिईडिबि हाइड्रोपावरको शुक्रबार बिहान ११ बजे बाँडफाँड भएको आइपीओ रिजल्ट बेलुका ४ बजेपछि मात्र हेर्न सकिने भएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार मेरो शेयरमा आइपीओको रिजल्ट अपलोड गर्न केही समय लाग्ने भएकाले लगानीकर्ताले केही समय कुर्नुपर्ने भएको हो ।
आइपीओ रिजल्ट मेरोशेयर, सनराइज क्यापिटलको वेवसाइट र सिईडिबि हाइड्रोपावरको वेबसाइटबाट समेत हेर्न सकिन्छ ।
कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
हाइड्रोपारले बैंशाख १७ गतेदेखि २१ गतेसम्म निश्कासन गरेको आईपीओमा कुल १६ लाख ९० हजार ०६९ वटा आवेदन परेकोमा ४ हजार ४४२ वटा आवेदन रद्द भई १६ लाख ८५ हजार ६२७ वटा आवेदन मात्र सदर भएका थिए ।
सिईडिबिको आईपीओ बाँडफाँड, २ लाख ३४ हजार १९५ जनाले शेयर पाए
आईपीओ खरीदका लागि कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि माग परेकोमा ६१ हजार ३७२ कित्ता आवेदन रद्द भई २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ताको माग मात्र सदर भएको क्यापिटलले जनाएको छ । जुन सर्वसाधारणबाट माग भएको शेयरकोे तुलनामा १०.५२ गुणा बढी हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएकोमा आईपीओमा २ लाख ३४ हजार १९१ जनाले १० कित्ता र ४ जनाले ११ कित्ताका दरले आईपीओ पाएका थिए । आईपीओ आवेदन गरेका सदर आवेदकमध्ये पनि १४ लाख ५१ हजार ४३२ जना आवेदकको हात खाली रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया