माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वितीय विवरण सार्वजनिक गरेको छ ।
गत आवको यसै अवधिमा १० करोड १० लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले साढे १ करोड बढी नाफा कमाएको हो ।
चैत मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ४१ करोड ७ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ३३ करोड ७२ लाख २५ हजार रुपैयाँ आम्दानी गरेकोमा २१.८० प्रतिशतले बढेको हो ।
चैत मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १.७७ रुपैयाँ छ भने जगेडा कोषमा १४ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ८८.६९ रुपैयाँ छ ।
कम्पनीको मूल्यआम्दानी अनुपात १४५.७६ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया