कालिका पावरले कमायो सवा ६ करोड नाफा

0
Shares

कालिका पावर कम्पनी (KPCL) ले ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ४ करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमएको कम्पनीले ३४.२७ प्रतिशतले वृद्धि गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६ करोड २१ लाख ५ हजार रुपैयाँ नाफा कमाएको हो ।

चैत मसान्तसम्म कम्पनीले विद्युत बेचेर १४ करोड ५६ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १३ करोड ९१ लाख २५ हजार रुपैयाँ आम्दानी गरेकोमा कम्पनीले यस्तो आम्दानी ४.६७ प्रतिशतले बढाएको हो ।

चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.८० रुपैयाँ छ । जगेडा कोषमा १२ करोड ४८ लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२०.८१ रुपैयाँ छ ।

कम्पनीको मूल्यआम्दानी अनुपात २०.६५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।