हकप्रद भर्न छुट्नुभयो कि ! अरुण भ्यालीको हकप्रद बिक्री आज बन्द हुँदै

0
Shares

अरुण भ्याली हाइड्रोपावर कम्पनी (AHPC) को ५० प्रतिशत हकप्रदमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख ६ गते सोमबारदेखि ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।

यसअघि बैशाख २६ गतेसम्म हकप्रद आवेदन दिने मिति तोकिएको थियो ।

कम्पनी सञ्चालक समितिको बैठकले कोरोना भाइरसको कारण विषम परिस्थिति सिर्जना भएको भन्दै हकप्रदमा आवेदन दिने समय एक साता थपेर जेठ २ सम्म पुर्याइएको थियो ।

कम्पनीले ५० प्रतिशत (एक बराबर नयाँ ०.५ कित्ता अनुपातमा) प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विद्यमान शेयरधनीका लागि बिक्री गरेको हो ।

कम्पनीले जारी गरेको यस हकप्रदमा २०७७ चैत ८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।
कम्पनीको हकप्रदमा मेरो शेयर, धितोेपत्र बोर्डबाट सि आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

यसका अलवा कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय कमलादी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ट्रेड टावर थापाथली, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । । यो रेटिङ्ग प्राप्त संस्थामा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हाल १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।