बाइडनले ब्युँताए ट्रम्पले तोडेको कर विवरण सार्वजनिक गर्ने अमेरिकी परम्परा 

0
Shares

अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडनले पुनः शुरू गरेका छन् । 
 
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका आलोचकहरूले उहाँको विरोध गरेका थिए । 
 
राष्ट्रपति बाइडनले गत वर्षको डेढ लाख अमेरिकी डलर आयकर तिर्दै करसम्बन्धी परम्परालाई ब्युताएँका छन् । 
 
गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडन र प्रथम महिला डा. जिल बाइडनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र यस बापत उहाँहरूले एक लाख ५७ हजार ४१४ डलर कर तिरेको जनाइएको छ ।
 
बाइडनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ । सन् २०१९ मा भने उनीहरुको आय ९ लाख ८५ हजार २२३ रहेको पनि विवरणमा उल्लेख छ ।
 
त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहोफको पनि आफ्नो आयकर चुक्ता गरेका छन् । सन् २०२० मा १६ लाख ९५ हजार २२५ डलर आय भएको र त्यसबापत छ लाख २१ हजार ८९३ डलर कर तिरेको विवरणमा जनाइएको छ । 
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।