सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) को नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ६ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिमा ७ करोड २४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १३.५५ प्रतिशतले घटेको हो ।
यस अवधिमा कम्पनीले बिजुली बेचेर १५ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १६ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्री आय घटेसँगै कम्पनीको नाफा पनि घटेको हो ।
चुक्ता पूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको सिनर्जीको प्रतिशेयर आम्दानी वार्षिक ११.३९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ भने १०८.६६ रुपैयाँ छ ।
गत आवको यसै अवधिमा ७ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको नगेडा कोष बढेर ६ करोड ३४ लाख ८१ हजार रुपैयाँमा पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया