अमेरिकी राष्ट्रपति जो बाइडनले ६० खर्ब डलर खर्च योजना रहेको आफ्नो पहिलो वार्षिक बजेट सार्वजनिक गरेका छन्।
उनको योजनामा सम्पन्न अमेरिकीहरूले तिर्नुपर्ने करको दर निकै बढाइएको छ त्यस्तो एउटा ठूलो प्रस्तावमा ठूला सामाजिक कार्यक्रमहरू र जलवायु परिवर्तनविरुद्धका सङ्घर्षमा लगानी गरिने उल्लेख छ। सो बजेट अमेरिकी संसद् कङ्ग्रेसबाट पारित हुनुपर्छ।

रिपब्लिकन पार्टीका सिनेटर लिन्ड्से ग्राहमले बाइडनको योजनालाई ’अनावश्यक रूपमा महँगो’ भनेर आलोचना गरेका छन्। उक्त योजनाअन्तर्गत ऋणभार सन् २०३१ सम्ममा कुल ग्राहस्थ्य उत्पादन जीडीपीको ११७ प्रतिशत पुग्नेछ। त्यो बिन्दु दोस्रो विश्वयुद्धताकाको भन्दा बढी हो।
त्यस्तो अवस्था कम्पनीहरूका लागि प्रस्तावित करवृद्धिको कम्तीमा ३० खर्ब डलर, पुँजीलाभ र मुख्य आयकर सहायताका बावजुद आउनेछ। रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पदमा रहँदा पनि बर्सेनि ऋणभार बढेको थियो। उनको अन्तिम वार्षिक खर्च प्रस्ताव ४८ खर्ब डलरको थियो।
बाइडनको बजेटमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र अन्य सरकारी निकायका लागि १५ खर्ब डलर चालु खर्च समाविष्ट छ। बजेटमा यसअघि उनले चर्चा गर्ने गरेका २३ खर्ब डलरको रोजगारी योजना तथा १८ खर्ब डलरको परिवारसम्बन्धी योजना छन्।
डेमोक्र्याट राष्ट्रपति बाइडनले आफ्नो बजेटले “अमेरिकी नागरिकमा सीधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने एवं दीर्घकालीन वित्तिय अवस्थालाई सुधार्ने“ बताएका छन्।
ह्वाइटहाउसले यो प्रस्तावबाट अर्थतन्त्रलाई तल्लो तहबाटै उकास्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
-८०० अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तनविरुद्धको लडाइँ एवं स्वच्छ ऊर्जामा लगानी बढाउन
-२०० अर्ब डलर तीन र चार वर्षका बालबालिकाका लागि निःशुल्क प्री–स्कूलका लागि
-१०९ अर्ब डलर सबै अमेरिकीको लागि दुईवर्षे निःशुल्क सामुदायिक कलेजका लागि
-२२५ अर्ब डलर परिवारहरूलाई भत्ता दिने एउटा राष्ट्रिय कार्यक्रम र चिकित्सकीय बिदासम्बन्धी कार्यक्रममा खर्च गरिनेछ जसले अमेरिकालाई तुलनात्मक समृद्ध राष्ट्रको तहमा ल्याउनेछ
-११५ अर्ब डलर सडक र पुलहरूका लागि एवं १६० अर्ब डलर सार्वजनिक यातायात र रेलसेवाका लागि
-१०० अर्ब हरेक अमेरिकी घरधुरीमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच सुधार गर्न
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया