युनियन हाइड्रोपावरले एकैपटक डाक्यो दुई आर्थिक वर्षको साधारण सभा,शेयरधनीलाई छैन लाभांश

0
Shares

युनियन हाइड्रोपावर लिमिटेडले एकैदिन १३ औं र १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

जेठ २३ गतेको सञ्चालक समितिको निर्णय अनुसार हाइड्रोपावरले आ.व.२०७५/२०७६ र आ.व २०७६/०७७ को साधारण सभा डोकेको हो ।
साधारण सभा असार २५ गते बिहान ११ बजे बोलाइएको छ ।  यी दुबै आर्थिक वर्षबाट कम्पनीको शेयरधनीहरुलाई भने कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । 

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी अझै ७ करोड ४२ लाख रुपैयाँले जगेडा कोष नोक्सानीमा रहेकाले आगामी आवबाट समेत लाभांश वितरण गर्नसक्ने अवस्था देखिँदैन ।

कम्पनीको चौधौँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले असार १५ गते शेयर दाखिला खारेज (बुकक्लोज) गर्ने मिति तोकेको छ । तसर्थ बुकक्लोज भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।