सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २५ लाख १८ हजार कित्ता साधारण शेयर सहित कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सिएचडिसी (CHDC) कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो शेयर कारोबारका लागि न्यूनतम प्र्रतिशेयर १३८.७९ देखि अधिकतम ४१६.३७ रुपैयासम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ ।
नेप्सेले कम्पनीको पछिल्लो लेखापरिक्षण भएको प्रतिवेदन अनुसार कायम प्रतिशेयर नेटवर्थदेखि अधिकतम तीन गुणासम्म पहिलो कारोबारका लागि रेञ्ज तोक्ने गरेको छ । सोही अनुसार सिईडिबी हाइड्रोपावरको पनि कारोबार रेञ्ज तोकिएको हो ।
कम्पनीले वैशाख १७ देखि वैशाख २१ गतेसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएर २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको बिक्री गरेको थियो ।
कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बैशाख ३१ गते शुक्रबार बाँडफाँड भएको थियो । सो बाँडफाँडमा २ लाख ३४ हजार १९१ जना आवेदकले १० कित्ता र ४ जनाले ११ कित्ताका दरले हात पारेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया