हिमालयन उर्जाको नाफा ७८% घट्यो, जगेडा कोष ७५ लाख ऋणात्मक

0
Shares

हिमालयन उर्जा विकास कम्पनी (HURJA) को नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा ७८.५४ प्रतिशतले घटेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ४२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट १० लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा विद्युत बिक्री बाट ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

वार्षिक प्रतिशेयर आम्दानी ०.०९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.२४ रुपैयाँ छ ।

चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७५ लाख ५५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।