हिमाल दोलखा हाइड्रोपावर (HDHPC) ले चालु आवको तेस्रो त्रैमासको अवधिमा ११ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा १ करोड १ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको हाइड्रोपावरको ८८ प्रतिशतले नाफा घटेको हो ।
कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट ११ करोड ८३ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा विद्युत बिक्रीबाट ९ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
विद्युत बिक्री आय बढेपनि खर्च अत्याधिक हुँदा कम्पनीको नाफामा उच्च असर परेको हो ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ०.०७ रुपैयाँ मात्र छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ८५.७० रुपैयाँ मात्र रहेको छ ।
चैत्र मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया