हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले निष्काशन गर्न लागेको हकप्रद शेयर बारे लगानीकर्ताले निर्णय लिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ जेठ २८ गते एक दिन बुकक्लोज गर्नेछ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन पाउने छन् । यसर्थ हकप्रद भर्न अनिइच्छुक लगानीकर्ताले आजै शेयर बिक्री गर्नुपर्नेछ भने हकप्रद खरिद गर्न इच्छुक लगानीकर्ताले शेयर खरिद गर्नुपर्नेछ ।
.jpg)
कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
गत पुसमा सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति दिएको थियो।
हाल दोश्रो बजारमा यस कम्पनीको सेयरमूल्य ५ सय ४१ रूपैयाँ रहेको छ । यस कम्पनीको चुक्ता पूँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेकोमा शतप्रतिशत हकप्रद शेयर निष्काशन बाँडफाँट पश्चात कम्पनीको पूँजी २७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया