नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको ३६.५ प्रतिशत बोनस शेयर पश्चातको मूल्य समायोजन गरेको हो।
समायोजनपश्चात कम्पनीको शेयरमूल्य ८२१ रुपैयाँ कायम भएको छ। सोमबार कम्पनीको शेयर १ हजार १२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो। कम्पनीले असार २९ गत साधारण सभा गर्दैछ ।
सभाले चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया