एचआईडिसीएलले साउन ५ गतेदेखि ११ अर्ब रुपैयाँको हकप्रद बिक्री गर्ने

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले साउन ५ गतेदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले एक बरारबर एक अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। उक्त हकप्रद शेयरमा साउन ५ गतेदेखि साउन २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

गत जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद प्रयोजनार्थ जेठ २८ गते बुकक्लोज गरेको थियो।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँटपछि २२ अर्ब रुपैयाँ पुग्नेछ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।