इजरायली प्रधानमन्त्री र रूसी राष्ट्रपति “चाँडै“ भेट गर्न सहमत

0
Shares

इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ‘छिट्टै’ भेट्वार्ता गर्ने सहमति सोमबार भएको छ ।

प्रधानमन्त्री बेनेटको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत् दुई नेताबीच भटवार्ताका लागि सहमति बनेको जानकारी गराइएको हो ।

बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग भएको पहिलो फोन वार्तालापमा दुवै नेताले सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल आदान प्रदान भएको हो ।

रूसले क्षेत्रीय स्थायित्व कायम गर्न र अपहरणकारी र बेपत्ताको सवालमा गरेको सहयोगका लागि पुटिनको भूमिकाका लागि बेनेटले धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले १९९० को दशकदेखि इजरायलमा बसाइएका १० लाख भन्दा बढी रूसी यहूदी व्यक्तिहरूको भूमिकाबारे पनि छलफल गरेका बेनेटले बताए ।

सो क्रममा पुटिनले ‘दुई देशबीचको पुल’को रूपमा काम गर्नेमा बेनेटले विश्वास व्यक्त गरेको बताए।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।