पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते आईपीओ निष्कासनको अनुमती पाएको तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।
कम्पनीले निष्कासन तथा बिक्री गर्ने लागेको उक्त शेयर छिटोमा साउन १९ गते र पूर्ण आवेदन नपरे भदौ २ गतेसम्म नपरे निष्काशन अवधि लम्बीने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले असार १० गते स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँका दरले कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।
तेह्रथुम पावर कम्पनीले आईपीओबाट संकलन गर्ने रकम निर्माणाधिन अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी गर्ने जनाएको छ । सन् २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया