नेपाल आयल निगममा रोजगारीको अवसर, १७ कर्मचारी माग

0
Shares


नेपाल आयल निगमले १७ जना कर्मचारी माग गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै ४ तहदेखि ६ तहसम्मका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । निगमले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि विभिन्न तहमा १७ कर्मचारी कर्मचारी माग गरेको हो ।

निगमले तह ६ मा अन्तर्गत ७ जना सहायक प्रबन्धक माग गरेको छ । तह ५ मा अन्र्तगत ३ जना बरिष्ठ सहायक र तह ४ अन्र्तगत एक जना मेकानिकल मिस्त्री माग गरेको छ । निगमले तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुलाई सूचना प्रकाशन भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनको अवधिमा आवेदन दिन सकिने जनाएको छ । अनलाइन मार्फत आवेदन दिन सकिने निगमले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।