सामलिङ्ग पावरलाई १२ करोड ३० लाखको आईपीओ बिक्री अनुमति

0
Shares

सामलिङ्ग पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्रीको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणलाईगरी उक्त परीमाणको आईपीओ बिक्री अनुमति दिएको हो।

कम्पनीले प्रति शेयर अंकित मूल्य एकसय रुपैयाँको दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनी स्थापनको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

आईपीओ बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नियुक्त गरिसकेको छ।

साधारण शेयर (आईपीओ) निष्काशन प्रकृयामा रहेको सामलिङ्ग पावर कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले कम्पनीको आइपिओलाई ‘इक्रा एनपि डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।