नेपाल हाइड्रो डेभलोपर्सको बोनस नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको १५ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले चैत्र १७ गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको उक्त बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत गराएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत्र ३ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार चैत्र २ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन् ।

उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।