अरुण काबेलीको नाफा २९ करोड

0
Shares

अरुण काबेली पावर लिमिटेड (AKPL)  ले गत आर्थिक वर्षको चौथो त्रैमासमम्ममा २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा १० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको विद्युत बिक्री आय बढेसँगै नाफामा १६८.३८ प्रतिशतको आकर्षक बढोत्तरी भएको हो । यस अवधिमा कम्पनीको खर्च नियन्त्रणले समेत नाफा बढाउन सहयोग गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १८.२८ रुपैयाँ छ । अघिल्लो आवको तुलनामा ११.०८ रुपैयाँले इपिएस बढेको हो । कम्पनीको मूल्य आम्दानी अनुपात २५.९४ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७३.५५ प्रतिशत बढेर ७० करोड ६७ लाख पुगेको छ । यस्तै सञ्चालन नाफा ६५ प्रतिशत बढेर ६७ करोड ४२ लाख पुगेको छ ।

कम्पनीको जगेडा कोष २१६ प्रतिशेयर २९ करोड २२ लाख पुग्दा प्रतिशेयर नेटवर्थ ११८.४३ रुपैयाँ पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।