सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको आईपीओ अहिलेलाई स्थगित भएको छ।
इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न साउन १८ गतेदेखि साउन २५ गतेसम्म लागु गरिएको निषेधाज्ञाका कारण निष्काशन मिति सारिएको कम्पनीले बताएको छ।
कम्पनीले पुनः अर्को सूचना प्रकाशित गरी उत्तः शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिने जनाएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको थियो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया