सिनर्जी पावरको नाफा २ करोड ६३ लाखले खुम्चियो

0
Shares


सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) को गत आर्थिक वर्षमा खुद नाफा २ करोड ६३ लाख २९ हजार रुपैयाँले घटेको छ । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घटेको हो ।

कम्पनीले ले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा ८ करोड २७ लाख रुपैयाँ ४९ हजार खुद नाफा कमाएको छ । अघिल्लो आवमा १० करोड ९० लाख कमाएकोमा २४.१४ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी ७३ करोड ३२ लाख ५० हजार रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४.३० रुपैयाँ घटेर ११.२९ रुपैयाँमा संकुचित बनेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १११.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.७९ गुणा छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १४.६७ प्रतिशत घटेर २० करोड १५ लाख आर्जन गरेको छ । अघिल्लो आवमा २३ करोड ६२ लाख थियो ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष १३३ प्रतिशत बढेर ८ करोड ३५ लाख ७७ हजार पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।