सिनर्जी पावरले बोनसपछि हकप्रद बिक्री गर्ने

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले पूँजी वृद्धिका लागि बोनस शेयरपछि हकप्रद बिक्री गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले बोनसपछि कायम हुने पूँजीको पचास प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

उक्त हकप्रद प्रस्ताव विद्युत नियमन आयोग, धितोपत्र बोर्ड र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र प्रकृया अगाडि बढ्नेछ ।

कम्पनीले ७ करोड ३३ लाख २५ हजारको सेयर बोनस शेयर र कर प्रयोजनका लागि ०।५२ प्रतिशत अर्थात ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा रुपैयाँ दिने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।