विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

0
Shares

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो ।

अघिल्लो कार्यकालमा लोडसेडिङ हटाउनेलगायत सुधारका काम गरेपछि घिसिङ लोकप्रिय भएका थिए । उनको पदावधि सकिएसँगै पुनर्नियुक्तिका विभिन्न व्यक्तिहरूले आवाज उठाएका थिए ।

तर, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले घिसिङलाई पुनर्नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । नयाँ सरकार गठन भएसँगै कुलमानको नियुक्ति भएको हो ।

यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए । अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि अझै चर्चामा आएका थिए। यसैवीच नवनियुक्त घिसिङले आजै पदवहाली गर्ने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।