बिहीबार विवरण प्रकाशित गरेका पाँच हाइड्रोको यस्तो देखियो अवस्था

0
Shares

बिहीबार पाँच वटा हाइड्रो पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । आज पाँचथर पावर, सानिमा माई, नादी ग्रुप, रैराङ र घलेम्दी हाइड्रो पावरले गत आवको असार मासान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

पाँच हाइड्रो पावर कम्पनीमध्ये दुई वटाको नाफा घटेको छ । नाफा घट्ने कम्पनीमा घलेम्दी र पाँचथर पावर कम्पनी रहेका छन् । घलेम्दीको नाफा ५२.३१ प्रतिशत र पाँचथर पावरको नाफा ६०.७१ प्रतिशतले घटेको हो ।

सानिमा माइ हाइड्रो, नादी ग्रुप पावर र रैराङ हाइड्रो पावरको नाफा भने बढेको । सानिमा माइ हाइड्रोको १० प्रतिशत, नादी ग्रुप पावरको ११०.२६ प्रतिशत र रैराङ हाइड्रो पावरको ३७५.७६ प्रतिशतले नाफा बढेको हो ।

दुई कम्पनीको विद्युत बिक्रिबाट हुने आय घट्यो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २ वटा कम्पनीको मात्रै विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी सबैभन्दा धेरै घलेम्दी हाइड्रोको बढेको छ ।

उक्त अवधिमा घलेम्दीको विद्युत बिक्रिबाट हुने आय २४७.७९ प्रतिशतले बढेर दुई करोड ६४ लाख रुपैयाँ पुगेको छ । यस्तै, रैराङले विद्युत बिक्रिबाट हुन आय ३८.९८ प्रतिशतले बढाएको छ । चौथो त्रैमाससम्ममा कम्पनीले उक्त शिर्षकबाट २४ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १७ करोड ४३ लाख रुपैयाँ मात्रै थियो ।

तीन वटा कम्पनीको प्रति शेयर आम्दानी बढ्दा दुई वटा कम्पनीको प्रतिशेयर आम्दनी घटेको छ । घलेम्दी हाइड्रो र पाँचथर पावरको प्रति शेयर आम्दानी घटेको हो । घलेम्दीको २.३४ प्रतिशत र पाँचथर पावरको ६.०४ प्रतिशतले घटेको हो ।

सानिमा माइ र नादी ग्रुपको पूँजी वृद्धि

गत आवको चौथो त्रैमाससम्ममा सानिमा माइ हाइड्रो र नादी ग्रुप पावरले पूँजी वृद्धि गरेका छन् । यी दुवै कम्पनीको चुक्ता पूँजी १० प्रतिशतका दरले वृद्धि भएको हो । बाँकी रहेका तीन कम्पनीको पूँजी स्थिर छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।