सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) को शेयर मूल्य समायोजना भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनसको शेयरधनी दर्ता किताब बन्दपछि शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मूल्य समायोजन गरिएको हो ।
नेप्सेले बोनसपछि ६३४ रुपैयाँ समायोजित शेयर मूल्य निर्धारण गरेको छ । बिहीबारको दोस्रो बजारमा कम्पनीको शेयर ६९७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । सोही मुल्यलाई आधार मानेर मुल्य समायोजन भएको हो । अब आइतबार समायोजित शेयरमस्ल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीले साधारसभा तथा लाभांश प्रयोजनार्थ भदौ ४ गतेदेखि बुकक्लोज गरेको हो । यसअनुसार भदौ ३ गतेसम्म नेप्सेमा कायम भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको साउन २६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले भाद्र १८ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारबाट भर्चुअल माध्यमबाट पन्ध्रौँ वार्षिक साधारण सभा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत (७ करोड ३३ लाख २५ हजार) बोनश शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत (३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा) नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सभामा बोनस वितरण गरेपश्चात कायम हुने पूँजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हुन आउने हकप्रद जारी गर्ने प्रस्ताव पनि पशे हुँदैछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया