युनाइटेड इदी मर्दी नोक्सानीबाट नाफामा पुग्यो, साढे ४ करोड खुद नाफा आर्जन

0
Shares

युनाइटेड इदी मर्दी हाइड्रोपावर (UMRH) नोक्सानीबाट नाफामा पुगेको छ । अघिल्लो आवमा ४ करोड बढी नोक्सानीमा रहेको कम्पनी गत आवमा साढे ४ करोड बढी नाफामा पुगेको हो ।

कम्पनीले सार्वजनिक गरेको गत आव २०७७।७८ को वित्तीय विवरण अनुसार कम्पनीले ४ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनी ४ करोड १४ लाख ९ हजार रुपैयाँ नोक्सानीमा थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा युनाइटेड इदी मर्दी हाइड्रोपावरको विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी बढेपछि कम्पनी नाफामा पुगेको हो ।

अघिल्लो आवको तुलनामा कम्पनीके विद्युत् बिक्रीबाट आय २७.५२ प्रतिशतले बढेर १३ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत् बिक्रीबाट १० करोड ५४ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै अन्य स्रोतबाट हुने आम्दानी पनि २६ लाख ७० हजार रुपैयाँबाट बढेर ३ करोड ६१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यसले कम्पनीको नाफा वृद्धिमा सहयोग पुगेको हो ।

चुक्ता पूँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०.९७ रुपैयाँ कायम भएको छ । जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीके गत आवमा प्रतिशेयर नेटवर्थ १००.२० रुपैयाँ छ । त्यसैगरी मूल्य आम्दानी अनुपात ४३.२९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।