अरुण काबेली पावर लिमिटेड (AKPL) ले गत आर्थिक वर्ष २०७७/७८ बाट लगानीकर्ताका लागि प्रस्तावित लाभांश पाउन आइतबारसम्म शेयरधनी कोयम भैसकेको हुनुपर्छ ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भदौ १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनी मात्र लाभांश पाउन योग्य हुने हुँदा प्रस्तावित लाभांश भदौ १३ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् । भदौ १४ गते कृष्णाजन्माष्टीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०।८९ प्रतिशत नगद गरी कुल १७।७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले भदौ २६ गते कम्पनीको प्रधान कार्यालयमा थापाथलीस्थित ट्रेड टावरमा भर्चुअल माध्यमबाट ११ औँ वार्षिक साधारण बोलाएको छ ।
सभाले बोनसपछि कायम हुने चुक्ता पूँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारीको गर्ने प्रस्ताव उपर पनि छलफल गरी पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया