बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा नुवाकोट जिल्लाको आयोजना प्रभावित बासीन्दाहरुबाट मागको तुलनामा ३८३ प्रतिशत धेरै शेयर माग भएको छ ।
कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता शेयर बिक्री खुल्ला गरेको थियो ।
स्थानीयमा निष्काशन खुला भएको १२ दिन (भाद्र ११ गते) सम्ममा २१ हजार ४७६ जना आवेदकहरुबाट १५ करोड ३१ लख रुपेयाँ बराबरको १५ लाख ३१ हजार कित्ताका लागि आबेदन माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको ( बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको (बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया