लिवर्टी इनर्जी ४ करोड नोक्सानीमा

0
Shares

लिवर्टी इनर्जी कम्पनी लिमिटेड (LEC) ले ४ करोड नोक्सानी ब्यहोरेको छ ।

कम्पनीले शुक्रबार प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले कम्पनीले ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ ।

अघिल्लो आवमा कम्पनी ५ करोड ८ लाख ९८ हजार नोक्सनीमा रहेको थियो ।

कम्पनीले निमार्ण गरिरहेको आयोजनाबाट हालसम्म विद्युत उत्पादन नभइसकेका कारण बिक्रीबाट आम्दानी नहुँदा कम्पनीले नोक्सानी ब्यहोरेको हो । कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको अपर दोर्दीखोला ए मा असार १ र २ गते आएको बाढीका कारण आयोजना र प्रसारण लाईनमा क्षति पुगेको कम्पनीले जनाएको छ ।

नोक्सानीमा पुगेसँगै कम्पनीको गत आर्थिक वर्षमा वार्षिक प्रतिशेयर आम्दानी २.५७ रुपैयाँ नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८९.९४ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी १अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १५ करोड ९ लाखले ऋणात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।