दोर्दी खोला जलविद्युतको साधारण सभा असोज ६ गते आह्वान

0
Shares

दोर्दी खोला जलविद्युत कम्पनीले असोज ६ गते साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा असोज ६ गते बिहान ११ बजे श्रव्यदृश्य माध्यमबाट साधारण सभा बोलाउने निार्णय गरेको छ।

सभामा प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, नियामक निकायहरुको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेका छन् ।

यसैगरी आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान सम्बन्धी हिसाब, आव २०७८।७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पनि सभामा रहेको छ ।

दोर्दी खोला जलविद्युतले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि गत बैशाख २१ ग्ते नै आवेदन दिइसकेको छ ।

बोर्डबाट अनुमति पाएपछि उक्त शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ । आइपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

लमजुङ जिल्लामा १२ मेगावटको दोर्दी १ हेप आयोजना निमार्ण गरिरहेको कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।